काठमाण्डौ । प्रतिनिधिसभाको अर्थसमितिमा आज पूँजीबजारका पछिल्ला समस्याहरूमा छलफल हुने भएको छ। अर्थसमितिकी सचिव रेखा उपाध्यायका अनुसार पूँजीबजारको समसामयिक विषयमा छलफल गर्न बिहान ११ बजे बैठक बोलाइएको हो।
बैठकमा सांसदहरूले पूँजीबजारका विषयमा उठेका सवालहरूमा विचार व्यक्त गर्नेछन्। अर्थसमितिका सभापति सन्तोष चालिसेले पूँजीबजारमा आएको एक्कासी उछाल र यसको स्थायीत्वबारे छलफल गर्न धितोपत्र बोर्डका प्रतिनिधिहरूलाई बोलाइएको बताए।
ुसेयर बजारमा आएको उछालको कारण र भविष्यबारे छलफल हुनेछ। बजारमा विकृति बढेको, साना लगानीकर्तालाई ठूला लगानीकर्ताले फसाएको लगायतका विषयमा प्रष्टता खोज्न बैठक डाकिएको हो,ु चालिसेले भने।
सभापति चालिसले साना लगानीकर्तालाई जालमा फसाउने ठूला लगानीकर्ताको प्रवृत्ति मौलाएको भन्दै यसमा धितोपत्र बोर्डको भूमिकाबारे स्पष्ट जवाफ खोजिने बताए।
प्राप्त जानकारी अनुससार बैठकमा पूँजीबजारका चुनौती, समस्या, र सम्भावनामा व्यापक छलफल गरी ठोस निष्कर्ष निकाल्ने उद्देश्य राखिएको छ।
प्रतिक्रिया