वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मैलुङ खोला जलविद्युत कम्पनीको लक इन अवधि सकियो

अर्थलगानी
२०८१ श्रावण २७, आईतवार

काठमाडौँ। मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको कुल २९ लाख ५९ हजार ८७० कित्ता सेयरको लक इन अवधि आज साउन २६ गते समाप्त भएको छ। कम्पनीको संस्थापक सेयर, स्थानीय बासिन्दाका लागि जारी गरिएको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लकइन अवधिक सकिएको हो।

कम्पनीले विक्रम संवत् २०७४ जेठ १७ देखि जेठ ३१ गतेसम्म स्थानीय बासिन्दाका लागि र २०७८ साउन १४ देखि १९ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) का लागि आईपीओ निष्कासन गरेको थियो। उक्त आईपीओ २०७८ साउन २६ गते बाँडफाँड गरिएको थियो।

धितोपत्र बोर्डको नियमानुसार, कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरी बाँडफाँड गरेको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था छ।

कम्पनीको २५ लाख ७७ हजार कित्ता संस्थापक सेयर, ३ लाख ६८ हजार १४४ कित्ता स्थानीय बासिन्दाका लागि जारी गरिएको र १४ हजार ७२६ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी