वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हकप्रद निष्काशनमा रहेको हिमालय उर्जाको आम्दानीमा सामान्य वृद्धि

अर्थलगानी
२०८१ श्रावण २८, सोमबार

काठमाडौँ। हिमालय उर्जा विकास कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवित्तय विवरमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको देखिन्छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री मार्फत २६ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २७ करोड ५६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३.०७ प्रतिशत बढेको हो।

आम्दानी बढेसँगै नोक्सानी घटेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको खुद नोक्सानी १५ करोड ३५ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नोक्सानी १४ करोड ९१ लाख रुपैयाँमा झरेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २८ करोड ३ लाख रुपैयाँबाट बढेर ३३ करोड २९ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा २२ करोड १६ लाख रुपैयाँबाट २७ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा ऋणात्मक रहेको छ। प्रतिशेयर नेटवर्थ ६६ रुपैयाँ ६० पैसा रहेको छ।
यसरी हिमालय उर्जाको वित्तीय प्रदर्शन समीक्षा अवधिमा सुधार भएको देखिन्छ। विद्युत बिक्री आम्दानी बढेसँगै नोक्सानी घट्न पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी