काठमाडौँ। युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनीक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो भने अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको आम्दानीको तुलनामा खर्च घटेकोले खुद नाफा बढ्न सफल भएको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २.८४ प्रतिशत र कुल आम्दानी २.२३ प्रतिशत घटेको छ। तर, कुल खर्च भने ५.८० प्रतिशतले घटेको देखिन्छ।
नाफासँगै, कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। यस अवधिमा प्रतिशेयर आम्दानी १५१ रुपैयाँ ९० पैसा बढेर २ हजार १४३ रुपैयाँ ५४ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ रहेको छ, र मूल्य आम्दानी अनुपात २२.०७ गुणा रहेको छ।
कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ, र रिटेन्ड अर्निङ्ग ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ रहेको छ।
प्रतिक्रिया