काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। सार्वजनीक वित्तिय विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो वर्षको तुलनामा घटेको छ।
कम्पनीको नोक्सानी गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ। यस्तो नोक्सानी अघिल्लो वर्षको अन्त्यसम्म ४ अर्ब ९ करोड रुपैयाँको थियो।
कम्पनीले विद्युत बिक्रीबाट ८ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ७.९३ प्रतिशत बढी हो। सञ्चालन आम्दानी २८.३३ प्रतिशतले वृद्धि भएको छ। जबकि वित्तीय आम्दानी २३.१७ प्रतिशत र वित्तीय खर्च ७.६८ प्रतिशत घटेको छ।
असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको थियो भने प्रतिशेयर नेटवर्थ ५६ रुपैयाँ ८८ पैसा रहेको छ। कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ छ, तर जगेडा कोष ९ अर्ब १३ करोड रुपैयाँ ऋणात्मक रहेको छ।
यसरी, कम्पनीले आम्दानीमा वृद्धि र खर्चमा कमी ल्याएर नोक्सानी घटाउन सफल भएको देखिन्छ।
प्रतिक्रिया