काठमाडौँ। मातृभूति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नेप्सेमा सूचिकृत भएको छ। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएपश्चात बनेको मातृभूमि लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको हो।
जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त १ बराबर ०.८८३४ अनुपातमा एक आपसमा गाभिएका हुन्। साउन २८ गते, सोमबार लघुवित्तको ६२ लाख ८३ हजार ५७३.३७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
सूचीकरणपश्चात लघुवित्तको पहिलो कारोबारका लागि नेप्सेले १ हजार २७८ रुपैयाँ ३९ पैसाको ओपनिङ्ग प्राइस दिएको छ। त्यस्तै, कम्पनीलाई एमएटिआरआई स्टक टिकर दिइएको छ।
प्रतिक्रिया