काठमाडौँ। कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म डेढ करोड बढी नाफा कमाएको छ। कम्पनीले सार्वजनीक गरेको गत आर्थिक वर्षको चौथो अपरिष्कृत वित्तीय विवरण अनुसार समिक्षा अवधिमा यसले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
सो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल नाफा ३ करोड ३ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा २ करोड ३२ लाख रुपैयाँ रहेको छ।
सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ९५ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ११६.७० गुणा रहेको छ।
दोस्रो बजारमा कम्पनीको शेयर, साउन २८ गते, सोमबार २ हजार २०८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो। यो जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा महँगो शेयरमूल्य हो। यद्यपि, कम्पनीको मूल्य केही दिन अघि २ हजार ७२६ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया