काठमाडौँ। एचआईडिसिएल अर्थात हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफामा सामान्य वृद्धि भएको छ। कम्पनीले सार्वजनीक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो।
खुद नाफाः कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको १ अर्ब ३७ करोड रुपैयाँको तुलनामा ५.६७ प्रतिशत बढी हो।
आम्दानीको वृद्धिः कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो। ग्राहकसँगको सम्झौता आम्दानी ३९४.४१ प्रतिशत बढेर ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ।
अन्य आम्दानीः कम्पनीको वित्तीय आम्दानी ३.०४ प्रतिशत र लाभांश आम्दानी १९.३७ प्रतिशत घटेको छ। तथापि, अन्य आम्दानी १ लाख ९१ हजार रुपैयाँबाट १ करोड ९३ लाख रुपैयाँमा पुगेको छ।
प्रतिशेयर आम्दानीः कम्पनीको प्रतिशेयर आम्दानी ३१ पैसा बढेर ६ रुपैयाँ ३५ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९५ पैसा रहेको छ, भने मूल्य आम्दानी अनुपात २८.१८ गुणा रहेको छ।
चुक्ता पूँजीः कम्पनीको चुक्ता पूँजी २२ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ रहेको छ, र जगेडा कोषमा ३ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया