काठमाडौँ। साताको तेस्रो दिन मंगलबार नेप्से सूचक ८.१८ अंकले घटेको छ । ८.१८ अंकले घटेर नेप्से सुतक घटेर २९२३.४६ अंकमा पुगेको हो। यस दिन सेयर बजारमा साढे २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १३ उपसमूहहरुमध्ये ५ समूहका सूचकहरु हरिया रहे तापनि समग्र बजारमा केही उतारचढाव देखिएको छ।
आजको दिन ३३२ कम्पनीको ५ करोड २७ लाख कित्ता सेयर कारोबार भएको छ ।कारोबारमा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ, जहाँ ८१ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। हिजो नेपाल फाइनान्सले शतप्रतिशत लाभांशको घोषणा गरेपछि लगानीकर्ताहरुमा ठूलो चासो देखिएको छ। दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र शिवम् सिमेन्ट्स रहेका छन्।
यद्यपि नेप्सेमा गिरावट आएको भए पनि अधिकांश कम्पनीहरुको सेयर मूल्यमा हरियाली देखिएको छ। ८० कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ, जसमा ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो। आजदेखि कारोबारमा आएको मातृभुमि लघुवित्तसँगै पिपल्स पावर, दोल्ती पावर, गूडविल फाइनान्स, न्यादी हाइड्रोपावर, र मिड सोलु हाइड्रोपावरका सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको हो।
प्रतिक्रिया