वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपि पावरको नाफामा उछाल

अर्थलगानी
२०८१ श्रावण ३०, बुधबार

काठमाडौँ। अपि पावर कम्पनी लिमिटेडको वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार आएको छ। कम्पनीले २०७९–८०को चौथो त्रैमाससम्म ४५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको तुलनामा ९३२.०९ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब २४ करोड रुपैयाँ खुद आम्दानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १७९.५८ प्रतिशतले वृद्धि हो। अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ४४ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको थियो। यस अवधिमा कम्पनीले ८ लाख ३६ हजार रुपैयाँबराबरको अन्य आम्दानी पनि गरेको छ।

कम्पनीको प्रशासनिक खर्च १ करोड ९५ लाख, बिक्री र वितरण खर्च १९ करोड ४४ लाख, प्रशासनिक र अन्य सञ्चालन खर्च १ करोड २८ लाख, र वित्त खर्च ४७ करोड ७४ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.०७ रुपैयाँबाट बढेर ७.८९ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १०९.७३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.२१ गुणा, र तरलता अनुपात ०.५० प्रतिशत कायम रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी