काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयरधनीको लागि लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० मुनाफाबाट चुक्तापूँजीको १० प्रतिशत बराबर बोनस सेयर तथा कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
यसका साथै सोही बैठकले ७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय समेत गरेको छ । १० प्रतिशत लाभांश प्रस्ताव कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७२ करोड पुग्ने छ । कम्पनीले त्यसपछि ७ प्रतिशत हकप्रद सेयर निष्काशन गरेर चुक्ता पुँजी ५ अर्ब पुर्याउने प्रस्ताव पनि गरेको छ ।
प्रतिक्रिया