वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शेयर कर्जा विस्तारमा १९ प्रतिशत वृद्धि, कुन बैंकले कति प्रवाह गरे?

अर्थलगानी
२०८१ भाद्र ९, आईतवार

पछिल्लो समय नेपालमा बैंकबाट ऋण लिएर सेयर किन्ने लगानीकर्ताको संख्या बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको हालैको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरूको सेयर कर्जा विस्तारमा १९.८८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा २० वटा बैंकहरूले ५८ अर्ब ६७ करोड ९० लाख रुपैयाँको सेयर कर्जा प्रवाह गरेका थिए। जुन यस वर्ष ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँमा पुगेको छ।

विशेषगरी, नेपाल एसबिआई र एनआइसी एशिया बैंकले सेयर कर्जामा उल्लेख्य वृद्धि गरेका छन्। नेपाल एसबिआईले अघिल्लो वर्ष २४ लाख रुपैयाँको कर्जा दिएको थियो। जुन यस वर्ष ७३९.९५ प्रतिशत वृद्धि भएर २ करोड पुगेको छ।

एनआइसी एशिया बैंकको कर्जा पनि २८६.१५ प्रतिशतले वृद्धि भएर ३ अर्ब ९६ करोड ९० लाख रुपैयाँ पुगेको छ।
अन्य बैंकहरूले पनि कर्जा प्रवाहमा वृद्धि देखाएका छन्। एभरेष्ट बैंकले ९०.२४ प्रतिशत, नेपाल बैंकले ७१.८२ प्रतिशत, र सिद्धार्थ बैंकले ४२.१३ प्रतिशत वृद्धि गरेका छन्।

नबिल बैंकले सबैभन्दा धेरै ११ अर्ब ४२ करोड ७८ लाख रुपैयाँको कर्जा प्रवाह गरेको छ।

बैंकिङ्ग क्षेत्रमा कर्जा प्रवाह सामान्यतया न्यून रहेको बेला, सेयर धितोमा कर्जा मागमा वृद्धि भएको छ। यसका कारणहरूमा घट्दो ब्याजदर, तरलता सहज हुनु, र अर्थतन्त्रमा सुधारका संकेतहरू समावेश छन्। यसले गर्दा लगानीकर्ताहरूले सेयर धितो राखी ऋण लिएर सेयर खरिद गर्ने प्रवृत्ति बढेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी