वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भगवती हाईड्रोपावरको बुक क्लोज मिति तय, १४ प्रतिशत लाभांश कहिलेसम्म सुरक्षित गर्ने?

अर्थलगानी
२०८१ भाद्र २३, आईतवार

काठमाडौँ। भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले साधारणसभा तथा लाभांश वितरणका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले सञ्चालक समितिको भदौ २२ गते शनिवार बसेको बैठकले असोज २ गते बुक क्लोज र १६ गते साधारणसभा मिति तय गरेको हो।

तसर्थ, असोज १ गतेसम्म कायम शेयरधनिले उक्त लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन पाउनेछन्।
कम्पनीले सभा अर्पण ब्याङ्क्वेट थापागाउँ बानेश्वरमा गर्न लागेको छ।

सभामा सभाका नियमित कार्यक्रमहरु जस्तै लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, दुई सञ्चालक नियुक्ती गर्ने तथा गत आर्थिक वर्षको लेखापरिक्षक पारित हुनेछन्।

 

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी