काठमाडौँ। अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले यो वर्षका लागि लगानीकर्ताको हात खालि बनाएको छ। हाईड्रोपावरको भदौ २५ गते बसेको संचालक समिती बैठकले लाभांशबिना नै ८ औँ साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।
कम्पनीको ८ औँ बार्षिक साधारणसभा असोज १८ गते शुक्रबार बिहान १० बजेदेखि कुन्डलिनी दरबार ब्यानक्वेट चप्पलरखाना, काठमांडौमा सुरु हुनेछ ।
साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र चालु आर्थिक बर्षका लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगाएका प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज ४ गते बुकक्लोज गर्नेछ त्यसैले असोज २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन् ।
प्रतिक्रिया