काठमाडौँ। इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिले सत्रौं साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय अनामनगर काठमाडौँमा असोज १८ गते बोलाएको हो।
सभाले प्रस्तावित लाभांश २५ प्रतिशत पारित गर्नुका साथै सभाका नियमित कार्यहरु सम्पनन गर्ने छ।
सामान्य प्रस्तावहरुः
–वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने
–आ.व.२०८०–०८१ को लेखा परिक्षकको प्रतिवेदन, २०८१ साल आषाढ मसान्तको वासलात, सोही मितिमा सम्पन्न आर्थिक बर्ष २०८०–०८१ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने
–आ.व.२०८१–०८२ को लागि लेखा परिक्षकको नियूक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने
–कम्पनीको लोगो छाप परिवर्तन सम्बन्धी निर्णय अनुमोदन गर्ने
बिशेष प्रस्ताव
सञ्चालक समितिको प्रस्ताव बमोजिमको २०८१ आषाढ मसान्तमा कायम चुक्ता पूँजीमा २५ (पच्चीस) प्रतिशत बोनश शेयर तथा सोमा लाग्ने कर प्रयोजनका लागि मात्र नगद लाभांश वितरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने र बोनश शेयर वितरण पश्चात सोही हद सम्म कायमहने गरी चुक्ता पूँजी वद्धि अद्यावधिक गर्न प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने । साथै यस सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही अन्सार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने बिशेष प्रस्ताव पारित गर्ने ।
साथै, सभा प्रयोजनका लागि आश्विन १० गतेदेखि बुक क्लोज रहने कम्पनीले जनाएको छ।
प्रतिक्रिया