काठमाडौँ। एनआईसी एशिया सेलेक्ट ३० को इकाईमूल्य समायोजन भएको छ। लाभांश वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले फण्डको १४ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात फण्डको इकाईमूल्य ९ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार फण्डको इकाई ११ रुपैयाँ २५ पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा फण्डको कारोबार खुल्नेछ।
प्रतिक्रिया