काठमाडौँ। सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ११ प्रतिशत बोनस सेयर जारी गर्ने मुख्य प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले असोज २१ गते बिहान १० बजे कालिमाटी ब्याङ्क्वेटमा बोलाएको हो। सभाले नियमित कार्यक्रमका साथै कम्पनीको नाम, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुका साथै ११ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ।
यस्ता छन् सभाका साधारण तथा नियमित प्रस्तावहरु
–संचालक समितिको आ.व.२०७९–८० र आ.व.२०८०–८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने
–लेखा परिक्षकको प्रतिवेदन सहित आ.व.२०७९–८० को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी अनुमोदन गर्ने।
–आ.व.२०८०–८१ को लागि नियुक्त लेखा परिक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने ।
–लेखा परिक्षकको प्रतिवेदन सहित आ.व.२०८०–८१ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने
–आ.व.२०८१–८२ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने।
–स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने ।
विशेष प्रस्तावहरू
–कम्पनीको नाम परिवर्तन सहित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ।
–उपरोक्त दुई आर्थिक वर्षको लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर (कर बाहेक) जारी गर्ने।
विशेष प्रस्ताव नं.(ख) बमोजिम बोनस शेयर जारी गरे पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५) हकप्रद शेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने ।
–नियमक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
प्रतिक्रिया