काठमाडौँ। भगवती हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश प्रयोजनको लागि यस कम्पनीले असोज २ गते बुक क्लोज गर्न लागेको हो।
असोज १ गते इन्द्रजात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिएको छ । यसदिन सेयर बजार बन्द हुन्छ ।
तसर्थ, भदौ ३१ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर सहित १०।७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्दैछ ।
लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न भगवती हाइड्रोपावरले असोज १६ गते वार्षिक साधारण सभा डाकेको छ । सभा अर्पण ब्याकेंट, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
प्रतिक्रिया