काठमाडौँ। शिव श्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठक आव २०७९÷०८० को वार्षिक साधारण सभाको टुंगो लगाएको हो।
कम्पनीले सभा असोज २३ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु गर्ने भएको छ। सभामा कम्पनीको नियमावलीको नियम २७ (२) को व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा पेश गर्नु हुने आव २०७९–०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आव २०७९–८० को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरुमाथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक तोक्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।
प्रतिक्रिया