वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु म्युचुअल फण्डका दुई योजनाद्वारा लाभांश घोषणा

अर्थलगानी
२०८१ आश्विन २, बुधबार

काठमाडौं । प्रभु म्युचुअल फण्डका दुई योजनाद्वारा लाभांश घोषणा भएको छ । प्रभु क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित प्रभु म्युचुअल फण्ड अन्तर्गतका दुई बन्दमुखी योजनाहरुले इकाईधनीलाई वितरण गर्न नगद लाभांश घोषणा गरेका हुन्।

कम्पनीको भदौ ३१ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डका इकाईधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रभु सेलेक्ट फण्डले करसहित १० प्रतिशत नगद लाभांश र प्रभु स्मार्ट फण्डले करसहित ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी