वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साहस उर्जाले बोलायो साधारणसभा, ८ प्रतिशत बोनस सहित हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्दै

अर्थलगानी
२०८१ आश्विन ४, शुक्रबार

काठमाडौँ। साहस उर्जा लिमिटेडले बोनस शेयर हकप्रद जारी गर्ने लगायतका प्रस्ताव पारित गर्ने मुख्य एजेण्डासहित वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले कार्तिक ४ गते बिहान ११ बजे कार्की ब्याङ्क्वेट काठमाडौँमा सभा आह्वान गरेको हो।

कम्पनीले लगानीकर्तालाई लगानीकर्ताका लागि ८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करका लागि ०.४२१ प्रतिशत लाभांश पारित गर्नुका साथै हकप्रद जारि गर्ने प्रस्ताव पारित गर्नेछ।
कम्पनीले बोनस शेयर बितरणपश्चात हुन आउने चुक्ता पुजीँको १ः१ अनुपातमा ३ अर्ब ७८ करोड बराबरको ३७ करोड ८० लाख कित्ता हकप्रद जारी गर्ने प्रस्ताव अगाडी ल्याएको छ।
कम्पनीले परियोजनाको लागि लिईएको थप ऋण समेत अनुमोदन गर्नूका साथै आर्थिक वर्ष २०७७–७८ देखिको वार्षिक प्रतिवेदन तथा लेखापरिक्षण पारित गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी