काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको हो।
कम्पनीको असोज ६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
आशा लघुवित्तको लाभांश घोषणा
२०८१ आश्विन ६, आईतवार

प्रतिक्रिया