काठमाडौं। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेका १५ हजार ६६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। आजदेखि यो सेयर विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै उपलब्ध गराइएको हो।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
यदि निर्धारित समयभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभए संस्थाले अन्य व्यक्ति वा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।
प्रतिक्रिया