काठमाडौं। सेयर बजारमा ओरालो यात्राले थप रफ्तार लिएको छ। सोमबार नेप्से सूचक ५९.०२ अंकले घटेर २५२९.३३ अंकमा पुगेको छ।नेप्से सूचक २५ सयको लेबलमा आएपछि बजारमा माग पक्ष कमजोर भई गिरावट आएको देखिएको हो।
यसअघि नेप्से ३ हजारको उचाइसम्म पुगेको थियो भने पछिल्लो समय भारी करेक्सनको सामना गर्दैछ।कुल ५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने सबै समूहका सूचकहरु घटेका छन्।
सोमबारको कारोबारमा ३२९ कम्पनीका १ करोड ३५ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ।कुल ५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचकहरु घटेका छन्। कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ जसले २१ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको हो।
प्रतिक्रिया