काठमाडौँ। तीन वटा बैंकको ८ लाख भन्दा बढी संस्थापक शेयर बिक्रिमा आएको छ। गरिमा विकास बैंक, कुमारी र नेपाल इन्भेष्टमेन्ट बैंकको ८ लाख बढी कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ।
गरिमा विकास बैंक लिमिटेडले कुल ५ लाख ३३ हजार बढी संस्थापक शेयर बिक्रिमा ल्याएको छ। जसमा ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक सेयर जो सुकै व्यक्ति तथा कम्पनीले खरिद गर्न सक्नेगरि बिक्रिमा ल्याएको छ । यसमा १५ दिन भित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
बाँकी १ लाख ८ हजार भने संस्थापक शेयरधनिहरुकै लागि बिक्रिमा ल्याएको हो। यो शेयर खरिद गर्नका लागि भने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन सक्छन्।
कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ९ हजार ८६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ८ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको १ लाख ९० हजार ६५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यसमा पनि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन सक्छन्।
प्रतिक्रिया