वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा

अर्थलगानी
२०८१ आश्विन ९, बुधबार

काठमाडौँ। सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ५५ लाख २ध्६ हजार ३१६ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो।

प्रस्ताविलत लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभा समेत डाकेको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभा कात्तिक ५ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीको अधिकृत पूँजी २ अर्ब २० करोड ५० लाख पुग्ने भएकाले सो पूँजीलाई प्रति सेयर रु।१०० का दरले २ करोड २० लाख ५० हजार थान साधारण सेयरमा विभाजन गरिएको र कम्पनीको तत्काल जारी गर्ने पूँजी २ अर्ब २० करोड ५० हुने भएकाले सो पूँजीलाई प्रति सेयर रु।१०० का दरले २ करोड २० लाख ५० हजार थान साधारण सेयरमा विभाजन भएको कम्पनीको पूँजी बृद्धिको प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीले ताप्लेजुङ जिल्ला स्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद सेयर जारी गर्ने र उक्त प्रयोजनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको संख्यामा संसोधन गर्ने विशेष प्रस्तावहरु पारित हुनेछ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०–०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८०–०८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१र८२ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १८ गते देखि कात्तिक ५ गते सम्म कम्पनीको सेयरधनी दर्ता किताब९बुक क्लोज० बन्द गर्ने निर्णय गरेको छ । यसर्थ नेप्सेमा असोज १७ गते सम्म कारोबार भई कायम सेयरधनीहरु सो सभामा भाग लिन तथा लाभांशका लागि योग्य हुनेछन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी