वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल वितरण सुरु

अर्थलगानी
२०८१ आश्विन ९, बुधबार

काठमाडौँ। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल वितरण सुरु भएको छ। सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहि सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यो योजनाका इकाईधनीहरुलाई असोज ७ गतेदेखि प्रतिफल वितरण गर्न सुरु भएको हो।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलका अनुसार बुक क्लोजको हुँदाको बखत आफनो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा यो योजनाका लागि घोषणा गरिएको प्रतिफल जम्मा गरिएको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरुका लागि गत आर्थिक वर्षका लागि ७ प्रतिशत (करसहित) नगद लाभांश घोषणा गरिएको थियो ।

यस्तै हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुले हितग्राही खाता रहेको निक्षेप सदस्य कहाँ सम्पर्क राखि हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै आफ्नो प्रतिफल प्राप्त गर्न क्यापिटलले आग्रह गरेको छ ।

आफ्नो इकाई धितो राखेका इकाईधनीहरुको हकमा प्रतिफल प्राप्त गर्नको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गर्न समेत सिद्धार्थ क्यापिटलले सूचित गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी