वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युनिलिभरले गर्याे हालसम्मकै सबैभन्दा बढी लाभांश घोषणा, कति पाउँदैछन् लगानीकर्ता?

अर्थलगानी
२०८१ आश्विन १०, बिहीबार

काठमाडौँ। युनिलिभर नेपाल लिमिटेडले कर सहित प्रतिकित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ । यो कम्पनले वितरण गरेको हालसम्मकै सबै भन्दा धेरै प्रतिफल हो । कम्पनीको बुधबार (असोज ९ गते) बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८०(८१ नाफाबाट उक्त लाभांश घोषणा गरेको हो ।

यस्तै, बैठकले लाभांश प्रयोजनार्थ असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र लाभांश हात पार्न सक्नेछन् । आर्थिक वर्ष २०७९(८० मा यसले कर सहित प्रतिकित्ता १५ सय ८० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी