वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी २ कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८१ आश्विन १०, बिहीबार

काठमाडौँ। नेप्सेमा सूचीकृत २ वटा कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीतर्फ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र साहस उर्जा र फण्डतर्फ एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २ माण्डु हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

यी कम्पनी तथा फण्डहरुले लाभांश वितरण प्रयोजनार्थ बुक्क क्लोज मिति तय गरिसकेका छन् र त्यसअघि आज अन्तिम कारोबार दिन रहेको छ।

सानिमा रिलायन्स लाइफले गत आवका लागि १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै साहस उर्जाले ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश गरी कुल ८.८२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

एनएमबि ५० ले करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई करसहित ५ प्रतिशत, नबिल ब्यालेन्स्ड फण्ड २ ले करसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी