वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अब नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबारमा आउने

अर्थलगानी
२०८१ आश्विन १०, बिहीबार

काठमाडौँ। अब नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ मा यस्तो व्यवस्था समावेश गरिएको हो।

यी बचतपत्रहरूको दोस्रो बजार कारोबार ‘डोम्स’ (ऋण सञ्चालन तथा व्यवस्थापन सफ्टवेयर) र इन्भेष्टर पोर्टलमार्फत् गर्न सकिनेछ।

कार्यविधिमा ‘डोम्स’ र इन्भेष्टर पोर्टललाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणालीजस्तै आन्तरिक ऋणपत्रहरूको दोस्रो बजार कारोबारको लागि उपयोग गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रणालीमार्फत् ट्रेजरी बिल्सको कारोबार पनि सम्भव हुनेछ। तर, विकास ऋणपत्रको कारोबार भने नेप्सेमा सूचीकरण गरेर नेप्सेका ब्रोकर कम्पनीमार्फत् हुनेछ।

नयाँ कार्यविधिअनुसार गैरआवासीय नेपालीले पनि नागरिक बचतपत्र खरिद गर्न सक्नेछन्, र बाँडफाँट पहिलो निवेदकले पहिले पाउने प्रक्रियाबाट हुनेछ। नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको व्याज अर्धवार्षिक रूपमा सोझै खरिदकर्ताको बैंक खातामा जम्मा गरिने व्यवस्था छ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई सरकारी ऋणपत्र तथा बचतपत्रको कारोबारका लागि बजार निर्माताका रूपमा इजाजत दिइनेछ। थप रूपमा, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले निश्चित प्रकारका कम्पनीहरूलाई बिक्री एजेन्टका रूपमा इजाजतपत्र दिन सक्ने व्यवस्था पनि गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी