वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआइबीएल ग्रोथ फन्डसहित २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८१ आश्विन १५, मंगलवार

काठमाडौँ। एनआइबीएल ग्रोथ फन्डसहित २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज असोज १५ गते मंगलबार अन्तिम दिन रहेको छ। एनआइबीएल ग्रोथ फन्ड, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स र गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी ३ वटै फण्ड तथा कम्पनीले लाभांश वितरण प्रयोजनका लागि असोज १६ गते बुक क्लोज मिति तय गरेका छन्। तसर्थ, आजसम्म कायम इकाईधनीले लाभांश प्रप्त गर्न सक्नेछन् ।

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले असोज २३ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साथै, कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने पुँजीबाट ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

गुराँस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले असोज २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, होटल कान्जिरोवा, धनकुटामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

एनआइबीएल ग्रोथ फन्डले गत वर्षको नाफाबाट कर सहित ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । जसअनुसार कम्पनीले लाभांश वितरणको लागि ८ करोड ३८ लाख २० हजार रुपैयाँ खर्चिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी