वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हकप्रद प्रस्ताव एनएलजी इन्स्योरेन्सले बोलायो साधारणभा, बुक क्लोज कहिले?

अर्थलगानी
२०८१ आश्विन १८, शुक्रबार

काठमाडौँ। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशष साधारण सभा आह्वान गरेको छ। कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न आगामी कात्तिक ७ गते बुधबारका दिन सभा आह्वान गरेको हो।

सभा काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङ्केटमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । सभामा ६२.५६ प्रतिशत हकप्रद निष्काशनकको प्रस्ताव पारित गरिनेछ ।

कम्पनीको २०८० साउन १५ गते बसेको विशेष साधारण सभाबाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजारमा प्रत्येक १० कित्ता सेयरमा ६.६ (६६ प्रतिशत) ले हुन आउने रकम बरावरको प्रति कित्ता रु.१०० अंकित दरको हकप्रद सेयर जारी गर्न विशेष प्रस्ताव पारित भएको थियो ।

सोही अनुसार नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक कागजात सहित ६६ प्रतिशत हकप्रद सेयर निष्काशनको स्वीकृतिको लागि कम्पनीले २०८० कात्तिक २ गते निवेदन दर्ता गराएको थियो ।।

उक्त ६६ प्रतिशत हकप्रद सेयरको निष्काशनको स्वीकृती प्राप्त नहुदै कम्पनीको २०८० फागुन ३ गते सम्पन्न १८ औं वार्षिक साधारण सभावाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार को ५.५० प्रतिशत लाभांशको रुपमा बोनस सेयर पारित भई १ खर्ब ५३ करोड ९५ लाख ३५ हजार चुक्तापूँजी कायम भएको थियो ।

उक्त बोनस शेयर वितरण पश्चात कायम भएको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६२.५६ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्दा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार भई न्यूनतम तोकिएको चुक्ता पूँजी कायम गर्न सकिने भएकोले र पुर्व घोषित ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा हुने हकप्रद सेयरको कूल कित्तामा समेत तात्विक फरक नपर्ने भएकाले पूर्व निर्णय पुनरावलोकन गरिएको कम्पनीले जनाएको छ ।

विशेष साधारण सभा प्रयोजनाका लागि कम्पनीले आगामी असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको विशेष सभामा सहभागी हुन पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी