काठमाडौँ। अपि पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज १८ गते बसेको बैठकले सभा कात्र्तिक ११ गते गर्ने तय गरेको हो।
बैठकको निर्णय अनुसार सभा सोही दिन बिहान ११ बजे होछल क्रिष्टल, पशुपतिमा आह्वान गरिएको छ।
सभामा नियमति एजेण्डाहरुका साथै कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनश पारित हुनेछ। कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ। त्यस्तै कम्पनीले साधारणसभा प्रयोजनार्थ कार्तिक २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया