वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माछापुच्छ्रे क्यापिटलले बोलायो साधारणसभा

अर्थलगानी
२०८१ आश्विन २०, आईतवार

काठमाडौँ। माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आगामी कात्तिक १३ गते आयोजना गर्ने भएको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको बालुवाटारमा रहेको बालुवाटार प्यालेस बैंक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको पाँचौं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८०८१ को नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै बाह्य लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी