वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युनिलिभर नेपालले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

अर्थलगानी
२०८१ आश्विन २१, सोमबार

काठमाडौँ। युनिलिभर नेपाल लिमिटेडले ३१ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक १२ गते दिउसो ४.३० बजे सभा बोलाएको हो।

सभाबाट गत आवको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरण सहितको २०८१ असार मसान्तसम्मको सञ्चालक समिति र लेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

सभामा चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज २७ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी