काठमाडौँ। लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर निष्काशसनको अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले हाल कायम चुक्ता पूँजीको आधा अर्थात् १ः०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।
बोर्डले कम्पनीलाई ७५ लाख कित्ता हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको छ। कम्पनीले कुल ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।
हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रवन्धकका रुपमा प्रभु क्यापिटल छ । हाल दोस्रो बजारमा यस कम्पनीको सेयर प्रतिकित्ता २८० रुपैयाँको वरिपरी कारोबार भइरहेको छ ।
प्रतिक्रिया