वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

श्वेत–गंगा हाइड्रोपावरले बोलायो साधारणसभा, के छ लाभांश प्रस्ताव ?

अर्थलगानी
२०८१ कार्तिक ६, मंगलवार

काठमाडौँ। श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले ८ औं वार्षिक साधारण सभा मंसिर ६ गतेको दिन बोलाएको हो।

सभा काठमाण्डौको सुकेधारामा रहेको सेलिब्रेशन हाईटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।

उक्त सभामा कम्पनीको सञ्चालक समितिको आठौं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०८०–८१ को लेखापरीक्षण प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसँग सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने र लेखापरीक्षण समितिले सिफारीस गरे बमोजिम आव २०८१र८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी