काठमाडौँ। हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले भोली अर्थात कार्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरिसकेको हुँदा लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश आगामी कात्तिक २५ गते आयोजना हुने १६ औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।
प्रतिक्रिया