वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थ्रीस्टार हाईड्रोले हकप्रद निष्काशन गर्दै

अर्थलगानी
२०८१ कार्तिक ६, मंगलवार

काठमाडौँ। थ्रीस्टार हाइड्रोपावर लिमीटेडले हकप्रद जारी गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको सत प्रतिशत हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो ।
कम्पनीको कात्तिक ५ गते सोमबार दिनको ३ः३० बजे बसेको सञ्चालक समितिले हाल कायम चुक्तापूँजी ४९ करोड २५ लाखको १ः१ बराबरको हकप्रद सेयर निश्कासनको निर्णय गरेको छ।

कम्पनीले हकप्रद निश्कासनको प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय समेत गरेको छ ।

हकप्रद सेयरको निश्कासनबाट प्राप्त रकमध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणका लागि लिएको बैंकको ऋण तथा अन्य दायीत्व भुक्तान गर्ने र बाँकी रहेको १५ करोड रुपैयाँ निको इनर्जी लिमीटेडबाट निर्माणधानी माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना (९ मेगावाट) मा आवश्यक स्वपूँजीमा लगानी गर्ने निर्णय समेत कम्पनीले गरेको छ ।

विद्युत नियमन आयोगबाट स्वीकृति आएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि यो जलविद्युत कम्पनीले सतप्रतिशत हकप्रद निश्कासन गर्नेछ ।

हाल दोश्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८६५ रुपैयाँ रहेको छ । हकप्रद निश्कासनको सूचना चुहिएका कारण यो कम्पनीको दोश्रोबजार सेयरमूल्य अगस्ट २८, २०२४ का दिन प्रतिकित्ता १२०० रुपैयाँभन्दा माथि पुगेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी