वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेरुडे मिर्मिरे लघुवित्त नोक्सानीमा, यस्तो छ तीन महिनाको वित्तीय अवस्था

अर्थलगानी
२०८१ कार्तिक २९, बिहीबार

काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड नोक्सानीमा गएको छ। कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो। विवरण अनुसार खराब कर्जा बढ्दा लघुवित्त नोक्सानीमा गएको देखिन्छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खराब कर्जा १६.१४ प्रतिशत पुगेको विवरणमा उल्लेख छ। यो गत वर्षको सोही अवधिको तुलनामा १०.६२ प्रतिशत विन्दुले बढी हो। अर्थात गत वर्ष यस्तो खराब कर्जा ५.५२ प्रतिशत थियो।

यसरी असोज मसान्तसम्ममा लघुवित्तले २६ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। यता, लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

लघुवित्तको खराब कर्जा उल्लेख्य बढेसँगै इम्पेरमेन्ट चार्ज बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासम्ममा २ करोड ५१ लाख रुपैयाँ रहेको लघुवित्तको यस्तो चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २७ करोड ८० लाख रुपैयाँ पुगेको छ। जसका कारण खुद ब्याज आम्दानी ९४.२० प्रतिशत बढेपनि लघुवित्त नोक्सानीमा पुगेको छ।

सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ७४ रुपैयाँ ७३ पैसा ऋणात्मक र वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ११ पैसा ऋणात्मक रहेको छ।

१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ। जगेडा कोषमा ८७ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले सो अवधिसम्ममा ११ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५५ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी