वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा जीआईसीको नाफा ५० प्रतिशतले बढ्यो

अर्थलगानी
२०८१ कार्तिक ३०, शुक्रबार

काठमाडौँ। सानिमा जीआइसी इन्सुरेन्सको नाफामा उल्लेख्य रुपमा बढेको छ। इन्स्योरेन्सले सार्वजनीक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा ५० प्रतिशतले बढेको देखिएको हो।
कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५०.६० प्रतिशतले बढी हो। गत वर्ष यसले ३ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो। यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने ११.७३ प्रतिशतले घटेको छ ।

यसको लगानी तथा कर्जाबाट हुने आम्दानी ५ करोड ९९ लाख रुपैयाँबाट घटेर ५ करोड २९ लाखमा झरेको छ । यता, कम्पनीको कमिसनबाट हुने आम्दानी भने ५ करोड ३१ लाख रुपैयाँबाट बढेर ६ करोड ६ करोड ३६ लाख कायम भएको छ ।

हाल यस इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २१ करोड ६४ लाख रुपैयाँ रहेको छ । सानिमा जीआइसीको बिमा कोषमा ४ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

असोजसम्म यसले १० करोड ८३ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ०.९२ प्रतिशतले धेरै हो । गत वर्ष यसले १० करोड ७३ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४१ पैसाले बढेर १० रुपैयाँ १७ पैसा (वार्षिक) कायम भएको छ यसको प्रतिसेयर नेटवर्थ भने १५१.५७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी