वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोरही सिमेन्टको नोक्सानी बढ्यो

अर्थलगानी
२०८१ कार्तिक ३०, शुक्रबार

काठमाडौँ। घोराही सिमेन्टको नोक्सानी बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५१ करोड ३७ लाख ७४ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड ८८ लाख २३ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो ।

कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी घटेसँगै यसको नोक्सानी बढेको हो । उत्पादन बिक्रीबाट हुने आम्दानी २४.९० प्रतिशतले घटेर ६६ करोड ८४ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले उत्पादन बिक्रीमार्फत ८८ करोड ८८ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा घोराही सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ २५ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ६३ पैसा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी