काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले आफ्नो सेयरधनीहरुलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर ५गते(बुधबार) सम्पन्न सञ्चालक समितिको बैठकमा गत वर्षको नाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरिएको हो।
बैठकले सेयरधनीहरुलाई प्रति साधारण कित्ता ५० रुपैयाँका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ। यो प्रस्ताव आगामी साधारण सभाबाट अनुमोदन भएपछि वितरण प्रक्रिया अघि बढ्नेछ ।
प्रतिक्रिया