वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगातार ५ दिन घट्यो नेप्से, जीवन बीमा समूहमा उच्च गिरावट

अर्थलगानी
२०८१ मंसिर २५, मंगलवार

काठमाडौँ ।साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.२३ प्रतिशतले घटेर २,६६९.८२ विन्दुमा सीमितभएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ०.१६ प्रतिशतले घटेको हो । ३०३ कम्पनीको ८७ लाखभन्दा बढी सेयरबाट ४ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ जुन अघिल्लो दिनको तुलनामा कम हो। उत्पादन तथा प्रशोधन, होटल, लघुवित्त,र व्यापार समूह सकारात्मक रहे पनि जीवन बीमा समूह १ प्रतिशतले घटेर सर्वाधिक गिरावटमा रह्यो।

आजको उच्च कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ९६ लाखमा भयो। सानिमा माई हाईड्रो, जानकी फाइनान्स र हिमालयन डिस्टिलरी पनि प्रमुख कारोबार सूचीमा रहे। जोशी हाईड्रोको सेयर मूल्य ७.६७ प्रतिशतले बढ्यो भने एनआरएन इन्फ्रास्ट्रक्चरको ९.९० प्रतिशतले घटेर सबैभन्दा धेरै मूल्य गुमाउने कम्पनी बन्यो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी