काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र भगवती हाइड्रोपावरका बोनस सेयर सूचीकृत भएका छन्। प्रभु महालक्ष्मीले १० प्रतिशत बोनस सेयर बापत ४२ लाख ९६ हजार कित्ता सेयर सूचीकृत गराएको छ भने भगवती हाइड्रोपावरले ४ प्रतिशत बोनस सेयर बापत २ लाख २८ हजार ८२६ कित्ता सेयर सूचीकृत गराएको हो।
दुवै कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएसँगै अब दोस्रो बजारमा ती सेयरको कारोबार गर्न सकिने भएको छ।
प्रतिक्रिया