गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता सेयर निष्कासन गरिसकेको कम्पनीले अब जारी पूँजीको ३० प्रतिशत, अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि खुला गर्न लागेको हो।
सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर छुट्याइएको छ भने कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता छुट्याइएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिनेछ। आवेदन पुस २४ गतेभित्र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा प्रणाली वा ‘मेरो शेयर’ प्लेटफर्ममार्फत दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्कासनका लागि कुमारी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ। केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छज। साधारण सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया