काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सगरमाथा जलविद्युत कम्पनी र साहस उर्जा लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । सगरमाथा जलविद्युतको ५ लाख ३२ हजार कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
त्यस्तै साहस उर्जाको २८ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया