वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जीवन विकास लघुवित्तको नाफा १५.५७ प्रतिशतले बढ्यो

अर्थलगानी
२०८१ माघ २२, मंगलवार

काठमाडौँ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्तको नाफा १५.५७ प्रतिशतले बढेको छ। यसअवधिमा खुद नाफा १५.५७ प्रतिशतले बढेर २० करोड ५४ लाख ४२ हजार रुपैयाँ पुगेको हो ।  यसअवधिका खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा पनि बढेको हो ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ७७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी २८.०४ प्रतिशतले बढेर ९४ करोड ८१ लाख २१ ह्जार रुपैयाँ पुगेको छ । यता सञ्चालन आम्दानी पनि १५.५७ प्रतिशतले बढेर २९ करोड ३४ लाख ८९ हजार रुपैयाँ छ ।

पुस मसान्तसम्म चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ११ पैसाले बढेर ३० रुपैयाँ ४९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८ पैसा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी