वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा यी तीन कम्पनीको बोनस सेयर सूचीकृत

अर्थलगानी
२०८१ माघ २९, मंगलवार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार ३ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सोल्टी होटल लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयर सूचीकतृ भएको हो । सोल्टी होटलको १० प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र मन्दाकिनी हाइड्रोपावरको ५–५ प्रतिशत बोनस सूचीकृत भएको हो।

नेप्सेका अनुसार सोल्टी होटलको ९२ लाख ९० हजार ८९९ कित्ता बोनस सेयर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ६ लाख ११ हजार ६०५ कित्ता तथा मन्दाकिनी हाइड्रोपावरको ३ लाख ७ हजार ९ सय ८४ कित्ता बोनस सूचीकृत भएको हो । ३ कम्पनीको १ अर्ब २ करोड १० लाख ४८ हजार ९१८ रुपैयाँ बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सोल्टी होटल लिमिटेडको गत पुस ४ गते बसेको साधारण सभाले ३६.८४ प्रतिशत लाभांश पारित गरेको थियो । होटलले १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । साधारण सभा पारित भए बमोजिम कम्पनीको ९२ लाख ९० हजार ८९९ कित्ता बोनस सेयर थपिएको छ । होटलले सभा प्रयोजनार्थ मंसिर १३ गते बुक क्लोज गरेकाले मंसिर १२ गतेसम्म कायम रहेका सेयरधनी मात्र लाभांश पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी