काठमाडौँ। नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद छुट्याएको छ ।
उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि इन्सुरेन्सले आव २०७९–८० को नाफाबाट १४ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
प्रतिक्रिया